सम्पादकीय

सशस्त्रमा ६ जना एसएसपीमा बढुवा, आज दर्ज्यानी चिन्ह प्रदान गरिँदै



काठमाडौं, १६ चैत । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ । बढुवा हुनेमा क्रमशः अभि खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गा भट्टराई, कमल गिरी र राजेन्द्र शाक्य रहेका छन् ।
बढुवा सिफारिसमा परेका शाक्य नेपाली सेनाबाट र अन्य पाँच जना प्रहरीबाट सशस्त्रमा आएका हुन् । गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा ४ चैतको साँझ बसेको बैठकले एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।

सोही सिफारिसअनुसार मंगलबार उनीहरुको बढुवा भएको हो । बढुवा भएकालाई बुधबार बिहान दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम तय भएको छ । राजधानीमा समाचार छ ।