काठमाडौँ, २६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा जोड्ने गरी साइकल लेन बनाइने जानकारी दिएका छन ।
आज राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले नेपालका पुरातात्त्विक सम्पदा पुनर्निर्माण, विश्व सम्पदालगायत बारे जानकारी दिएका हुन ।
सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाउने उद्देश्यले साइकल लेनबाट सबै विश्व सम्पदालाई जोड्ने योजना बनाइएको बताए । नेपालका विश्व सम्पदा खतरा र कालो सुचिमा नपर्ने र ढुक्क हुन आग्रह गर्दै उनले भने, ‘नेपालका सम्पदा कालो सूचीमा पर्दैनन् ।’
लुम्बिनीमा व्यापार गर्न नपाइने भन्दै परोपकारका लागि खुलेका गुम्बामा व्यापार भएको पाइय कारबाही गर्ने बताए । ‘ती संरचना व्यापारका लागि नभै सेवाका लागि बनाइएको हो,’ उनले भने, ‘यहाँ व्यापार गरेको पाइए कारबाही हुन्छ ।’ उनले भक्तपुर, पाटन र वसन्तपुर दरबारलाई राति समेत भ्रमण गर्ने सकिने गरि व्यवस्थापन भइरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्