समाचार

विहीबार सार्वजनिक बिदा



काठमाडौँ, २८ माघ । सरकारले विहिबार फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

फागुन १ गते जनयुद्ध दिवसमा कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले २५औं जनयुद्ध दिवसको सन्दर्भ पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनयुद्धका सहिदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ । सो अवसरमा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका बीचमा फूटबल प्रतिस्पर्धा गराईने साथै छात्रा र छात्र टिमहरुबीच छुट्टाछुट्टै भलिबल प्रतिस्पर्धा गराइने जनाएको छ ।

त्यस्तै सोही दिन अर्थात् फागुन एक गतेबाट उक्त गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालन समेत गर्ने भएको  छ ।