विश्व

राष्ट्रपति चिनफिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण



एजेन्सी, २८  माघ । चिनियाँ राष्ट्रपति सि चिनफिङले कोरोना भाइरसको सङ्क्रमणको उपचार गराइरहेका स्थानहरुमा निरीक्षण गरेका छन ।

बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको राष्ट्रपति चिनफिङले आज निरीक्षण गरेका समाचारमा जनाइएको छ ।

उनले कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिएको बताइएको छ ।