विश्व

कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ हजार १६ पुग्यो



एजेन्सी, २८ माघ । चीनको हुबेई प्रान्तबाट माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्युु हुनेको संख्या १ हजार १६ पुगेको छ ।

सोमबार मात्रै उक्त भाइरसबाट १०३ जनाले ज्यान गुमाएका थिए । कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले बताएको छ । उक्त भाइरस हाल चीन बाहेक विश्वका दर्जनबढी देशमा फैलिइसकेको छ भने बाहिरी देशमा पनि कोरोना भाइरस संक्रमणका कारण २ जनाले ज्यान गुमाइसकेका छन् । पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको चीनको हुवेई प्रान्तको वुुहानमा मात्रै ९७४ जनाको ज्यान गएको छ भने सात सय २८ जना संक्रमित भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।