हेटौंडा, २९ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई देखाएर काम नगर्ने परिपाटी मौलाउँदै गएको बताउँदै काम नगर्ने कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको टिप्पणी गर्नुभएको छ ।
आयोगको २९ औं स्थापना दिवसको उपलक्ष्यमा हेटौंडा कार्यालयले गरेको कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारलाई निर्मूल नपारी सुशासनयुक्त समाज नबन्ने भएकाले अख्तियारको कामलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आयोगको हेटौंडा कार्यालयका प्रमुख सहसचिव शिवकुमार कार्कीले आयोगको एक सर्वेक्षण अनुसार स्थानीय तहमा भूष्टचार बढ्नुमा निर्वाचन प्रणाली प्रमुख रहेको पाइएको उल्लेख गर्दै आयोगले गरेको सर्वेक्षणको आधारमा स्थानीय तहमा हुने भ्रष्टचार सम्बन्धि अवधारणा तयार पारिएको बताउँदै भ्रष्टचारमा कारबाही नहुनु र निर्वाचन प्रणाली खर्चिलो हुनुले भ्रष्टाचार न्युनीकरण नभएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्