काठमाडौँ, २९ माघ । नेपालमा विद्युतको महसुल पनि सिजनल (मौसमी) रुपमा तोकिने भएको छ ।
प्राधिकरणले हालै विद्युत निययन आयोगमा नयाँ महसुल दरको प्रस्ताव गरेको छ, जसमा टाइम अफ दि डे (टीओडी) मिटर जडान गर्ने ग्राहकलाई सिजनल मूल्य तोक्न प्रस्ताव गरिएको छ ।
सरकारले हिउँदमा भन्दा वर्षामा विजुलीको मूल्य सस्तो हुने गरी स्मार्ट मिटर (थ्रीफेज) जोडेकाहरुलाई यस्तो सुविधा दिन प्रस्ताव गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार घरेलु ग्राहककोमा यो खालको व्यवस्था गर्न तत्काल सम्भव नहुने र घरेलु ग्राहककोमा स्मार्ट मिटर नभएकाले यसरी समय अनुसारको महसुल तोक्न सक्न अवस्था नभएको उनको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्