राजनीति

नेकपाले आज भव्यताका ‘जनयुद्ध दिवस’ मनाउँदै



काठमाडौँ, १ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज देशभर विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाउँदै छ ।

फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन, विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस मनाउँदै छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज २५ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । तर, यसपटक कार्यक्रमको नाम परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको छ ।

नेकपाको मुख्यालय धुम्बाराहीमा यस वर्ष जनयुद्ध दिवस मनाइने छ । आज धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना हुनेछ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहभागीतामा कार्यक्रम हुने भएको छ ।
यस्तै नेकपाले देशभर जिल्ला जिल्लामा जनयुद्धका कार्यक्रमहरु तय गरेको छ । त्यस्तै नेकपाका पार्टी भातृसंगठनहरुले समेत देशभर विभिन्न कार्यक्रमहरु गरी जनयुद्ध दिवस मनाउने भएका छन् ।