समाचार

खेल्ने क्रममा एक बालिकाको मृत्यु



भोजपुर, १ फागुन । जिल्ला टेम्केमैयुङ गाउँपालिका वडा नं. ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको ज्यान गएको छ ।

पीङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा नभएकाले उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।