काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेनबीच भेटवार्ता भएको छ ।
आज जेरुसलेममा भएको भेटवार्ताको अवसरमा लगानी, व्यापार र पर्यटन प्रवृद्र्धनका साथै नेपालमा इजरायली लगानी अभिवृद्धिबारे छलफल भएको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।
मन्त्री भट्टराईले नेपालको जलविद्युत्, होटल, क्यासिनो र कृषिक्षेत्रमा इजरायली लगानीले प्रचुर प्रतिफल दिने उल्लेख गर्दै चिया, कफी, अलैँची र अन्य मसलाजन्य नेपाली उत्पादनको इजरायलमा बजारीकरण गर्न सकिने बताए ।
हाल नेपालले भ्रमण वर्ष २०२० आयोजना गरिरहेको सन्दर्भमा इजरायली मन्त्रीलाई यसै वर्ष नेपाल भ्रमण गर्न मन्त्री भट्टराईले अनुरोध गरेका छन । इजरायली मन्त्रीले पनि नेपाल भ्रमणको निमन्त्रणा सहर्ष स्वीकार गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्