समाचार

सेनामा राजीनामा दिने बढे



काठमाडौँ, ३ फागुन । नेपाली सेनाका उच्च तहका अधिकारीहरुले राजीनामा दिने क्रम बढेको छ। सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनेदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहहरुले राजीनामा दिएका छन् ।

रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरुको राजीनामा जंगी अड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक भएको छ ।

राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथीदेखि उपरथीसम्म रहेका छन् ।

तथ्यांक अनुसार साउनमा चार, भदौ र असोजमा एकएक, कात्तिकमा १७, मंसिरमा १६, पुसमिा १० जना सेनाका उच्च अधिकारीहरुले राजीनामा दिएका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।