राजनीति

साइप्रसमा ‘नेपाल इभिनिङ’ सम्पन्न : भ्रमण वर्ष २०२० विशेष सहयोग गर्ने प्रतिवद्धता



काठमाडौँ, ३ फागुन । भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सम्पन्न गर्न विभिन्नि प्रकारले प्रचार प्रसार गर्ने क्रममा साइप्रसमा नेपाल इभिनिङ सम्पन्न भएको छ ।

नेपाली राजदुतावासको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा आज साईप्रसको राजधानी निकोसियामा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धन कार्यक्रम नेपाल इभिनिङ भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा साइप्रस सरकारका उच्च अधिकारीहरु, ट्रावल तथा एयरलाइन्सका प्रतिनिधिहरु, व्यवसायीहरु, पत्रकारहरु लगायत करिब १ सय साइप्रसी नागरिक तथा करिब १ सय नेपालीहरुको गरी करिव दुई सय भन्दा बढीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले नेपालले विकास र समृद्धिको यात्रामा खेलेको भूमिकाको चर्चा गर्दै पर्यटनको विकास र प्रवद्र्धन नै नेपालको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्नुभयो । नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य र उद्देश्यको बारेमा स्पष्ट पार्दै भन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाउन साइप्रसलगातको विश्वका सवै मुलुकहरुका नागरिकहरुलाई नेपालको भ्रमण गरी आनन्द लिन आग्रह समेत गर्नुभयो ।

राजदुत अन्जान शाक्यले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बरिस्ठ निर्देशक नन्दिनी थापाले नेपाल भ्रमण बर्षका बारेमा प्रस्तुती गर्नु भएको थियो ।

साइप्रसका लागि नेपाली काउन्सलर राम जीवन चतुर्बेदीले साइप्रसमा रहेका १० हजारभन्दा बढी नेपालीको अवस्थाका बारेमा मन्तब्य राख्नु भएको थियो ।  कार्यक्रममा रमाइला नेपाली नाचहरु पनि प्रस्तुत गरिएको थियो । धेरै Cypriot हरुले यो साल नेपाल घुम्ने जनाएका छन् ।