काठमाडौँ, ४ फागुन । आइतबार पहाडी क्षेत्रको एकरदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली भइ एकरदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको बताइएको छ । आइतबार अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । तर पहाडी क्षेत्रको मौसम पूर्णरुपमा नखुले पनि ठूलो पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अन्य ठाउँको मौसम भने सफा नै रहने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्