राजनीति

मन्त्री ज्ञवाली ढाका जाँदै



काठमाडौँ, ४ फागुन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीनदिने औपचारिक भ्रमणका बंगलादेश जाने भएका छन् ।

फागुन ५ गते जाने मन्त्री ज्ञवालीले बंगलादेशका उच्च अधिकारीसँगको भेटवार्तामा नेपाल र बंगलादेशबीच विस्तृत कनेक्टिभिटी, ऊर्जा व्यापार, लगानीका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा परराष्ट्रमन्त्रीको उच्चस्तरीय भेटवार्तामा कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल हुने उल्लेख छ ।