समाचार

दुई थान भरुवा बन्दुक र ६ किलो गाँजा बरामद



बारा, ४ फागुन । प्रहरीले निजगढ नगरपालिका १२ कोलगाउँ डाँडाबाट भरुवा बन्दुक २ थान र करिब ६ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

आज दिउँसो विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त हतियार र लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।