काठमाडौँ, ४ फागुन । काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार फैसला सुनाउने भएको छ ।
आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको बताइएको छ । आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।










प्रतिक्रिया दिनुहोस्