समाचार

एक महिला मृत अबस्थामा फेला



ललितपुर, ४ फागुन । गोदावरी नगरपालिका ५ लेलेस्थित खत्रिगाउँ नजिकै रहेको सामुदायिक वनमा एक महिला मृत अबस्थामा फेला परेको छ ।

आज दिउँसो १२ बजे स्थानीयले प्रहरीलाई महिलाको नग्न अवस्थामा शव भेटिएको भन्दै खबर गरेका थिए ।

प्रहरीका अनुसार ती महिलाको पहिचान खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।