समाचार

काठमाडौँमा एकैदिन २५ सय सवारी चालकमाथि कारबाही



काठमाडौँ, ५ फागुन । काठमाडौँ उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक नियम उलंघन गर्ने २५ सयभन्दा बढी चालक कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार फुटपाथमा पार्किङ गर्ने २ सय ३९, लेन मिचेर चलाउने १ सय ६३, मादक पदार्थ सेवन गरी चलाउने ८१, जेब्राक्रसमा रोक्ने ४७, अनावश्यक अवस्थामा पनि हर्न बजाउने ६२ जनालगायत कारबाहीमा परेका हुन् ।

उपत्यकामा बितेको २४ घण्टामा ३० वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको मृत्यु र ३० जना सामान्य घाइने भएका छन् ।