काठमाडौँ, ५ फागुन । पूर्वउपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ ग्रहण गरेकी छन
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थीतिमा डा.तुम्बाहाङ्फेलाई आज दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ दिलाएकी हुन ।
यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।
नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले आजै सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार समेत ग्रहण गरेकी छन ।










प्रतिक्रिया दिनुहोस्