समाचार

घट्यो डिजेल र पेट्रोलको मूल्य



काठमाडौँ, ६ फागुन । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको र नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

खाना पकाउने ग्यास  र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको नेपाल आयल निगम रहेको छ ।