काठमाडौँ, ८ फागुन । समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई अनिश्चितकालिन स्थगित गरी विद्यार्थीको भाग्य र भविष्यमाथि खेलवाड गरेको भन्दै त्रिविको गलत काम विरुद्ध सवै विद्यार्थी संगठनलाई एक जुट हुन आग्रह गरेको छ ।
डा. धर्मकान्त बाँस्कोटा उपकुलपति नियुक्ति भएसंगै आफ्नो प्रमुख लक्ष्य स्ववियु निर्वाचन गराउने रहेको बताउनु भएता पनि सोही मर्म अनुरुप कार्यसम्पादन नगरी एघार बर्षदेखि अनिश्चित रहेको स्व।बि।यु निर्वाचन लाई लम्बाई त्री बि शैक्षिक तथा प्रसासनिक सुधारलाई बाधा पुराउने काम गरेको र यस्तो गलत कदमको विरुद्ध सबै बिद्यार्थी सङ्गठनलाई एक जुट भए लाग्न समाजवादि बिद्यार्थी युनियनका सचिव हेमराज थापाले आग्रह गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्