Banner News

सहरी विकास मन्त्रालयमा नेम्वाङ र सञ्चारमा खतिवडालाई थप जिम्मेवारी



काठमाडौँ, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको थप जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडा र सहरी विकास मन्त्रीमा बसन्त कुमार नेम्वाङलाई सम्हाल्ने गरी तोक्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई कार्यभार तोक्नुभएको हो ।