काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनचाहना अनुसारको मुलुकको विकास र समृद्धिको यात्रा व्यापक मात्रामा अघि बढेको बताउँदै अगामी दिनमा जनताले सरकारलाई खोज्ने नभई सरकारले जनतालाई नै खोज्दै तपाईहरुको घर आगनमा आउँने बताउनुभएको छ ।
इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा शुक्रबार आयोजित ‘चौँथो इन्द्रदह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उहाँले संघियताको कार्यान्वयनसँगै तीन वटै तहले संवैधानिक अधिकार अनुसार विकासको समेत वाँडफाँड गरेको र सोही अनुसार जनचाहना अनुसारको विकास हुने उल्लेख गर्दै उहाँले अव जनताले विकासको सपनालाई यथार्थमा परिणात गर्ने समय आएको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयो । इतिहासको कदर र वीरताको योगदानको सम्मान हुनु पर्ने बताउँदै उहाँले उहाँले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्रदहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिँदै महोत्सवसँगै दहचोकको स्वरुप फेरिन थालेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चार वर्ष पहिले आउँदा र अहिले आउँदा निकै परिर्वतन भएको उल्लेख गर्दै भन्नुभयो ‘अव हेर्नुहोस अर्को साल यो सवै वाटोहरु कालोपत्रे हुनेछन, हामी सरसर आउने वातावरण तयार गर्नेछौ ।’










प्रतिक्रिया दिनुहोस्