एजेन्सी, १० फागुन । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल र २० हजार डलर जरिवानाको सजाय सुनाएको छ ।
गएको नोभेम्बरमा अमेरिकी संसदमा ७ पटकसम्म झूटो बोलेको, काममा बाधा पुर्याएको र विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोग पुष्टि गर्दै अदालतले स्टोनलाई सजाय सुनाएको हो ।










प्रतिक्रिया दिनुहोस्