तनहुँ, ११ फागुन । तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा बसको ठक्करबाट एक जना पैदलयात्री वृद्धाको ज्यान गएको छ ।
दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९६१८नम्बरको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया विष्णुमाया घर्तीको मृत्यु भएको हो । बसमा सवार रहेकी उनी ओर्लिएपछि बाटो काट्न खोज्दा बसले किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्