एजेन्सी, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २३–२४मा भारत भ्रमणमा आउदैछन् ।
उनको स्वागतको लागि भव्य दिल्ली र अहमदाबादमा ट्रम्प र उनको परिवारले खाना खाने विशेष भाडाको बनिसकेको छ ।
जयपुरको अरुण पाबुवालले ट्रम्प र उनको परिवारको लागि सुन र चाँदीको जलप लगाइएको भाडा(क्रोकरी) तयार गरेका छन् । यी भाडाको डिजाइन धातुका सामाग्रीको डिजाइनमा सुपरिचित नाम अरुण पाबुवालले गरेका हुन् ।
पाबुवालका अनुसार यी खास क्रोकरीमा ट्रम्प र उनको परिवारले नास्ता, लञ्च र डिनर गर्नेछन् । यसमा कपसेटदेखि लिएर ड्राईफूड राख्ने कटलरी समेत रहेको छ ।










प्रतिक्रिया दिनुहोस्