काठमाडौँ, १२ फागुन । सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ ।
आइतबार साँझ चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन ।
आगलागीबाट केही कागजात जलेर नष्ट भएका छन् । आगलागी हुनासाथ सिंहदरबार परिसरस्थित प्रहरी गणका सुरक्षाकर्मी र दमकल घटनास्थल पुगेको थियो ।










प्रतिक्रिया दिनुहोस्