Banner News

राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने



काठमाडौँ, १२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिक अभिनन्दन गरिने भएको छ ।

यही फागुन १५ गते बैतडी राष्ट्रपति भण्डारीले त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथ चन्द नगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम  छ । राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीका तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको बताइएको छ ।