काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताएका छन् ।
आज पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको पनि आरोप लगाएका हुन् ।
उनले भने, ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने, नन् इस्युलाई इस्यु बनाउने ? किन यस्तो भइरहेको छ ? एउटा अस्तित्व रक्षा गर्नका लागि गरिरहेका छन् अर्को केही न केही त गर्नुपर्यो नि, त्यसैले ।’
प्रधानमन्त्री ओलीले विपक्षी दललाई कुखुराको चल्लासंग तुलना गर्दै भने , ‘कुखुराका चल्लाहरूले फट्यांग्रो टिपेर गुरुरु कुद्छन् । त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन् ।’
‘संसदमा विधेयकहरू पेश प्रस्तुत गर्छौं, त्यहाँ छलफल गरे हुन्छ नि । संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने भइरहेको छ ।’
संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्