पर्सा, १४ फागुन । पर्सामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।
मंगलबार घरदेखि करिब २ सय मिटर टाढाको खेतमा घाँस काट्न गएको समयमा चट्याङ खस्दा सखुवा प्रसौनी गाउँपालिका-४ देवरबाना बस्ने अन्दाजी ४५ वर्षीया नयमा खातुन बेहोस भएकी थिइन् ।
उनलाई तत्काल उपचारका लागि स्थानीय मेडिकलमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्