राजनीति

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा पारस खड्का



काठमाडौँ, १४ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई नेपाल टेलिकमले ब्राण्ड एम्बेसडर चयन गरेको छ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।

समारोहमा कम्पनीका नव नियुक्त ब्राण्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए । उनले यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्राण्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।