समाचार

मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु



सल्यान, १४ फागुन । सिद्धकुमार गाउँपालिका–१ चतारे स्थित पतारे खोलामा मोटरसाइकल पल्टिँदा चालकको घटनास्थल मै मृत्यु भएको छ ।

आज बिहान मोखलाबाट चतारेतर्फ जाँदै गरेको रा ३ प ८८८८ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर दुर्घटना हुँदा सिद्धकुमार गाउँपालिका–१ कै धानेटाकुराका २९ वर्षीय रमेश बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोटरसाइकल सडकबाट करिब १५ मीटर तल खोलामा खसेको थियो ।