समाचार

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु



सिराहा, १५ फागुन । कर्जन्हा नगरपालिका–४ मा सडक किनारमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बुधबार राती रोकी राखेको ना ३ ख ९०२४ नम्बरको ट्रकमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका सिराहाको कल्याणपुर नगरपालिका–८ का ४० वर्षीय विपया दासको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय सोनिया दासको सोही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।