समाचार

दश लाख अवैध रकमसहित दुई भारतीय नागरिक पक्राउ



रौतहट, १७ फागुन । १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटको टोलीले १० लाख नगदसहित भारतको सितामढी जिल्लाको बैरगनीया– १४ बस्ने २१ वर्षीय सन्नी कुमार पटेल र २६ वर्षीय सुरज जैसवाललाई पक्राउ गरेको हो ।

उनीहरुले सो रकम कहाँबाट र कुन प्रयोजनका लागि लिएका हुन् भनेर नखुलाएको र थप अनुसन्धानका लागि दुबैजनालाई नगदसहित जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ । उनीहरुको साथबाट ३ थान मोबाइल पनि बरामद भएको छ ।