Banner News

मोदीले दिए ओलीलाई सफल शल्यक्रियाका लागि शुभकामना



काठमाडौँ, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीको सफल शल्यक्रियाको कामना गरेका छन् ।

मोदीले आज एक ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिँदैछ । त्यसका लागि ओली आज अस्पताल भर्ना हुँदैछन् ।

Narendra Modi

@narendramodi

My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.