समाचार

सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष



कञ्चनपुर, १९ फागुन । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका ७ स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ ।

कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दार्चुला र बैतडीमा नेपाल–भारत सीमाना र कञ्चनपुरको गड्डाचौकी नाका, गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खङ्ग्रोला नाकामा स्वास्थ्यकर्मीको टोली खटिएर जाँच थालेको हो ।