समाचार

क्वारेन्टाइनबाट ‘नेपाल सरकार जिन्दावाद’को नारा लगाइएपछि…



भक्तपुर,  २० फागुन । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका १७५ नेपाली ‘नेपाल सरकार जिन्दावाद’को नारा लगाउँदै घर फर्किएका  छन् ।

सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि घर फर्किएका हुन् । उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि सरकारले घर पठाएको हो ।

उनीहरुले सरकारले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको उच्च प्रशंशा गरे । उनीहरुले नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावादलगायतको नारा समेत लगाएका थिए ।