समाचार

६ किलो सुनसहित भारतीय नागरिक पक्राउ



हेटौंडा, २१ फागुन । ६ किलो  भन्दा बढी सुनसहित भारतीय नागरिकलाई मकवानपुरबाट प्रहरीले ६ पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।