काठमाडौँ, २१ फागुन । प्रधानमन्त्रीको केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको बताए । त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी दिए ।
उनलाई प्रतयोरोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने पनि चिकित्सकहरुले बताएका छन् ।











प्रतिक्रिया दिनुहोस्