कैलाली, २२ फागुन । अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘१’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद अक्कल रावलमाथि जबरजस्ती करणीको आरोप लागेपछि हिरासातमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा फागुन १४ गते एकजना महिलाले सांसद रावलविरुद्ध जबरजस्ती करणीको उद्योगमा जाहेरी दिएपछि सांसद रावल बुधबार प्रहरी कार्यालयमा उपस्थित हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त महिलाको जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले पक्राउपूर्जी समेत जारी गरेको थियो । विहीबार अदालबाट म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।
सांसद रावलले आफूमाथि लागेको जबरजस्ती करणीको अभियोगलाई अस्वीकार गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्