काठमाडौ,१७ चैत । मेची –महाकाली अभियानको क्रममा सप्तरीकोघटनापछि तराई–मधेसबाट नेकपा एमाले भाग्यो भन्ने आरोप लागि रहेका बेला प्रदेश नम्बर दुई कै बर्दिबासमा हिजोबाट एमालेले ‘दुई नम्बर प्रदेश स्तरीय भेला आयोजना गरेको छ । आजको बन्द्रसत्रले २ नंम्बर प्रदेशमा अन्र्तगतका जिल्लाहरुमा कार्यक्रम तय गर्ने छ ।
हिजो वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोख्रेल बुधबार संयुक्तरुपमा भेलाको उद्घाटन गरेक थिए । । ‘भेलामा सप्तरीदेखि पर्सासम्मका आठ जिल्लाका करिब १५ सय अगुवा कार्यकर्ता भेला भएका छन्,।’‘बन्दशत्र । आठ वटा जिल्ला जिल्लाका अध्यक्षले पछिल्लो राजनीतिक अवस्था, तराईमा एमालेको अवस्था, तराईमा एमालेको संगठन, आगामी चुनावलगायतका विषयसँग सम्वन्धित प्रतिवेदन प्रस्तुत गर्ने छन् । ।
हिजोको उद्घाटन शत्रलाई सम्वोधन गर्दै एमाले वरिष्ठ नेता खनालले मधेसी जनता देशभक्त भएको भन्दै त्यसको प्रमाण तिलाठीमा देखाएको दाबी गरे । ‘मधेसमा एमालेको अवस्था मधेसी मोर्चाले भने जस्तो होइन,’ सम्वोधनका क्रममा खनालले भने, ‘संशोधन प्रस्ताव मधेसी जनताको हितमा छैन, यो उनीहरुले चाहेका पनि छैनन्। केही मेधसी मोर्चाका नेताको लहडमा यो आएको हो ।’
उनले एमाले र मधेसी जनता एक–अर्काका पुरक भएको भन्दै अहिलेको मोर्चाका गतिविधि ठीक नभएको दाबी गरे । ‘मधेसमा अब पनि एमाले एक नम्बर पार्टी हुन्छ,’ उनले भने ।
त्यसरी नैहिजो बर्दिबासमा भएको भेलामा कांग्रेस ,माओवादी र मधेसी मोर्चा परित्याग गरी सयौ–सय नेता तथा कार्यकर्ताहरुले एमाले प्रवेश गरेक थिए ।
प्रतिक्रिया दिनुहोस्