Banner News

भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश



काठमाडौँ, २३ फागुन । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच राजदूत क्वात्राले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् ।उनी नेपालका लागि २५औं राजदूत हुन् ।