काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट सचेत रहनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भने, ‘कोरोनाभाइरस सचेत रहने हो तर्सने होइन, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ । हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन ।’
उनले सुझबुझपूर्ण ढंगले सतर्कता गर्नुपर्ने बताउदै भने, ‘सुझबुझपूर्ण तयारी गरौं। सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु, ‘छरपष्ट होइन एकजुट भएर तयारीमा जुटौं ।’
टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताए । उनले खालि होटल, विद्यालयलगायतलाई आइसोलेसन बनाउन सकिने उनले बताए ।
संसदमा थापाले राखेको सार्वजनिक महत्वको प्रस्तावलाई कांग्रेस सांसद दिब्यमणिराज भण्डारी, राजेन्द्र केसी, नारायण खड्का समर्थन गर्दै छलफलमा भाग लिएका छन् ।










प्रतिक्रिया दिनुहोस्