राजनीति

हनुमन्ते कोरिडोरको समस्या समाधानका लागी नगरपालिकाद्वारा संयुक्त सूचना जारी



भक्तपुर, २४ फागुन । भक्तपुरको विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको हनुमन्ते नदीको कोरिडोर निर्माणको लागि केही समय अघिदेखी भइरहेको समस्या समाधानको अन्त्य तिर पुगेको छ ।

जिल्लाको सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाको संगम स्थलभई बग्ने गरेको हनुमन्ते नदीमा निर्माणाधिन कोरिडोरको लागि दुई नगरपालिकाले जग्गा एकिकरण आयोजना सम्बन्धी संयुक्त रुपमा सूचना जारी गरेका हुन् ।

जनहितको लागि संयुक्त सूचना जारी गर्दै इच्छुक व्यक्ति वा जग्गाधनीहरुले जग्गा एकिकरण आयोजनामा विशेष चासो व्यक्त गरी प्रकृयागत रुपमा अघि बढ्नलाई आग्रह गरेको छ ।

कोही व्यक्ति सुकुम्वासी हुनुनपर्ने तथा सुरक्षित र व्यवस्थित सडक तथा सहर निर्माणको निम्ती उक्त आयोजना गर्न लागिएको हो । यो संगै स्थानीयवासीमा भएको विभिन्न संका र उपसंकाहरु हटेको छ ।

उक्त कोरिडोर निर्माण सम्पन्न भएसँगै उक्त सडक अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा स्थापीत हुने छ । जसले अरनीको राजमार्गमा हुने दुर्घटनालाई न्यूनिकरण मात्र नभई कोटेश्वर–जडिवुटीको सवारी जाम समेत हट्नेछ ।