काठमाडौं, १७ चैत । मधेसी मोर्चाले चुनावको विरोध गर्दै त्यसका विरुद्ध आन्दोलन गर्दै आएको भए पनि तराईमा भने चुनाबी माहोल बढ्दै गएको छ । तराईका युवाहरुको चुनावप्रतिको आकर्षणले आन्दोलनरत मोर्चालाई चुनावको विपक्षमा जनमत तयार गर्न गाहे परिरहेको छ ।
तराईमा स्थानीय चुनावको वातावरण बन्दै गएपछि मधेसवादी दलहरुलाई पनि चुनावमा जान दवाव पर्न थालेको छ । चुनाव बाहिस्कार गर्ने घोषणा गर्दै आएका ती दलहरुले पनि छुट्टा–छुट्टै रुपमा चुनावको तयारीमा आन्तरिकरुपमा जुट्न थालेपछि चुनावका कारण मोर्चामा समस्या आउँन थालेको छ । त्यसैले पनि यतिखेर मोर्चाका नेताहरु सेफ ल्यान्डिङको खोजी रहेको देखिन थालेको छ ।
यसैबीच तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चा सरकारसँग सहमति गरेर चाँडै चुनावमा जान इच्छुक रहेको बताएका छन् । आफूहरु चुनावको बाधक नभएको ठाकुरले स्पष्ट पारेका छन् ।
सुरेशकुमार यादवसँगको एक अन्तरवार्ताका क्रममा मोर्चाका नेता ठाकुरले चुनावमा जाने इच्छा सार्वजनिक गरेका हुन् । उनले चुनाव चाहेकै कारण मधेस जानुको साटो काठमाडौंमै बसेर सरकारसँग वार्ता गरिरहेको बताएका छन् ।
नेता ठाकुरले चुनावबारे सोधिएको प्रश्नमा भनेका छन । हामी चुनावको विरोधी होइनौं । चुनावका लागि हामीले पहिलेदेखि आवाज उठाएको हो । तर हामीसँग भएका सहमति र प्रतिवद्धता पूरा गरिनुपर्छ भन्ने हो । हामीले चुनाव हुनुहुँदैन भनेका छैनौं । हाम्रो माग जति छिटो पूरा हुन्छ, त्यति छिटो चुनावमा जानत सक्छौं ।’
मोर्चायतिखेर ‘सेफ ल्यान्डिङ’ खोज्दै चुनावको अन्तरिक तयारी सुरु गरेका छन् ।
मधेसी मोर्चाका नेताहरुले अहिले आन्दोलन भन्दा पनि सरकारसँगको वार्तालाई पहिलो प्राथामिकतामा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्