तेज बहादुर ढकाल
यसपाली हेटौडाको शहिद स्मारक पार्क घुम्ने साईत जुर्यो । ठूलो लगानीमा बनेको यो पार्क घुम्दा अनौठो खालको अनुभूति भयो । पार्क भित्र शहिदहरुका मुखाकृति भएका स्मारकको निर्माण गरिएको रहेछ । साथै उक्त सहिद स्मारक भित्र श्रद्धेय नेता पुष्पलाल, बी पी कोइराला, गणेशमान शिंह र मनमोहन अधिकारीका पुर्णकदका सालिक बनेका रहेछन भने जननेता मदन भन्डारीको पनी छुटै पुर्णकदको सालिक अनबरण गरियेको रहेछ ।
साथमा सानो चिडियाखाना बनाई बाघ, बादर, धोडियाल, अस्ट्रीच, परेवा, मयुर हरुलाई पनी कैद गरिएको रहेछ । केटाकेटी हरु को आकर्षण कैदी जनवार र पन्छी तर्फ देखिन्थीयो भने बस्यकहरु कुर्सिमा उपरखुट्टी लगाई आनंद लीइ रहेका देखिन्थे ।
नेताहरुले हात ठड्याएका सालिकसङ्गै नेताका वाणी नभै फुल टिप्न मनाही छ भनी लेखिएका प्लेट हरु रखिएका रहेछन । हो हामी सहिद प्रति सम्मान गर्दछौं । कुनै पनी कार्यक्रम अगाडि सहित प्रति सम्मान स्वोरुप एक मिनट मौन धारण पनि गर्दछौं । तर पनि त्यो एक मिनट समयमा हामी शहिदका सपना पुरा गर्ने प्रतिज्ञा गर्दै आचरण र ब्याबहारमा परिबर्तन गर्दछौ त ? की उही बिरालो बाधेर श्राद्ध गरेजस्तो मात्र हो ?
जताभाबी सहिदको घोशणाले कतै वास्तबिक शहिद प्रति नै अपमान त गरिरहेका छैनौ जस्ता प्रश्नको उत्तर हामीले आफूभित्रै खोज्नु जरुरी छ । हामीले शहिद स्मारकलाई फगत मनोरंजन पार्कका रुपमा लिनु भनेको त शहिद प्रतिको अपमान हो ।
यो कुरालाई यसका परिकल्पनाकर र योजनाबीद्दहरुले सम्बेदनशील रूपमा सोच्नु जरुरी छ । स्मारक घुमेर फर्किदा नयाँ उर्जा र देश र जनता प्रतिको सेवा र परिबर्तनको अठोट थपिन सक्नु पर्दछ । हामीले देश भरि जति पनि स्मारक बनाएका छौ त्यसको पुन मुल्यांकन गरि शहिदका सपना र स्मारका भाबना अनुरुप थोरै परिवर्तन गर्नु आवश्यक छ ।
काठमाडौँ, २४ फागुन
प्रतिक्रिया दिनुहोस्