बैतडी, २४ फागुन । बैतडीमा भिन्न -भिन्न स्थानमा दुईजना मृत अबस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका २ का ५६ वर्षीय मीनबहादुर पाल मृत अबस्थामा फेला परेका हुन ।
मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा र मीनबहादुर पाल बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीकाे सडक छेउमा आज बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
मृतक भट्टले शुक्रबार जाँडरक्सी सेवन गरेको र पालकाे पनि जाँडरक्सी सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।










प्रतिक्रिया दिनुहोस्