समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



खाँदबारी, २५ फागुन । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।

हावाहुरीसँगै आएको चट्याङले लागेर शनिबार दिउँसो ५७ वर्षीय निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शेर्पाको शव जिल्ला अस्पताल खाँदबारीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।