समाचार

आफ्नै दाइको कुटपिटबाट भाइको मृत्यु



कैलाली, २५ फागुन । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् ।

आमा जंगलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।