राजनीति

निर्देशक पौडेलको त्यो निर्णय जसले उपभोक्ताको त्रास चिर्दै



काठमाडौँ, २६ फागुन । अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्याँस आयात गर्ने भएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले काठमाडौँ उपत्यकालगायतमा उपभोक्ताको मागलाई पूरा गरी उपभोक्तामा रहेको आवश्यक बेलामा नपाइनसक्ने त्रास चिर्न होलीको बिदाको दिन पनि ग्याँस आयात गर्न लागिएको हो ।

अहिलेको बजारमा देखिएको कृत्रिम अभाव चिर्नकै लागि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि नुनलगायत अत्यावश्यक बस्तु आगामी १० महिनासम्म पुग्ने प्रयाप्त मौज्दात रहेको बताएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।